ad ad

समाज


कालीकोटमा पहिरामा पुरिएर एक महिलाको मृत्यु

कालीकोटमा पहिरामा पुरिएर एक महिलाको मृत्यु

नेपालखबर
असार २१, २०७७ आइतबार ८:९,

कालीकोटको नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो।

भैँसी गोठाला गएकी बटालाको पहिरामा पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए। ‘भैँसी गोठबाट पानी लिन जाँदा बीच बाटामा पहिरो खसेर महिलालाई बगाएको हो’, उनले भने, ‘उहाँको घटनास्थलमै मृत्यु भयो। प्रहरीचौकी कुमालगाउँबाट घटनास्थलमा प्रहरीको टोली पठाएर बटालाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।’

यस्तै शनिबार आएको पहिराले नरहरिनाथ गाउँपालिका–७ को वडा कार्यालयमा पनि क्षति पुगेको छ। प्रनाउ ओलियाका अनुसार माल्कोटमा रहेको छकोठे वडा कार्यालयको भवन पहिराबाट पुरिएको छ। भाडामा रहेको वडा कार्यालयका साथ वडा कार्यालयमा भएका जिन्सी सामान पनि पुरिएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .