सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ चारकुने स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले २ लाख ७६ हजार ७ सय ८० भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २८ वर्षिय मोहम्मद आरिफ र ३० वर्षिय कमरु जमा छन्।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुमा साथमा पाँच सय दरको ५ सय ५२ वटा, दुई सय दरको १ वटा, एक सय दरको ३ वटा, ५० दरको ३ वटा, २० दरको ३ वटा र १० दरको ७ वटा भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो।
एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट २ सय ५० नेपाली रुपैयाँ समेत बरामद गरेको छ।
पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।
प्रतिक्रिया