ad ad

समाज


सुदूरपश्चिमभर अविरल वर्षा, शहरीदेखि ग्रामीण भेगका बस्ती डुबानमा

सुदूरपश्चिमभर अविरल वर्षा, शहरीदेखि ग्रामीण भेगका बस्ती डुबानमा

गोकुल जोशी
असार २४, २०७७ बुधबार ६:५०,

सुदूरपश्चिम प्रदेशमा मनसुनी वायुको प्रभाव बढ्दा वर्षा भइरहेको छ। अबिरल वर्षाका कारण शहरदेखि ग्रामीण भेगका बस्ती डुबानमा परेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार डुबानमा परेका क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन भई त्यहाँका वासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका–९ का वडा अध्यक्ष रामसिंह धामीका अनुसार कनकट्टी खोलामा पानीको वहाव बढेपछि पानी बस्तीमा पसेर डुबान भएको बताए।

Kanchanpur flood 2

उनले भने, ‘सुन्दरपुरमा रहेका पाल टोल, शिविर टोलमा पानी पसेर डुबान भएपछि स्थानीयहरु त्रसित भएका छन्।’

अहिले आफूलगायत अन्य वडाका जनप्रतिनिधि नगरपालिकामा बैठक बसेर डुवानमा परेका उक्त क्षेत्रका जनतालाई सुरक्षित ठाँउमा सार्ने योजना बनाइरहेको पनि धामीले बताए।

यस्तै, महेन्द्रनगर बजारमा पनि अत्यधिक बर्षाका कारणले बिभिन्न ठाँउहरु डुबानमा परेका छन्।

तल्लो गोवरिया, सालघारी, बागवानी लगायतका ठाउँ डुवानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। व्यवस्थित र योजनावद्ध मानिएको कञ्चनपुरको महेन्द्रनगर बजार जलमग्न भएको छ।

बुधबार बिहान ३ बजेदेखिको अविरल वर्षाका कारण बजार क्षेत्रका सबै सडकमा पानी बगिरहेको छ भने कटान, भगतपुर जानकी टोल, वागवाणी र मूलनहर उत्तरको क्षेत्रका घरहरुमा पनि पानी भरिएको छ।

Kanchanpur flood 3

सडक तथा नाला निर्माण गर्दा राम्रो तरिकाले नगरेकोले अहिले डुबान भएको स्थानीय कमलबहादुर बोहराले बताए।

सडक तल नालामाथि भएकोले पानी सबै नालामा नगएर घरघरमा पसेको उनले दुखेसो पोखे।

जल तथा मौसम विज्ञान विभागले शुक्रवारसम्म सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र डुवान तथा कटानी हुने भएकाले सबैलाई सुरक्षित तथा सतर्क रहन आग्रह गरेको छ।

महाकाली नदीमा पानीको बहाव बढेकाले तटीय क्षेत्रका मानिसलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .