ad ad

समाज


११ र १२ वर्षीया बालिकामाथि जवर्जस्ती करणी, ७० वर्षीय वृद्ध पक्राउ

११ र १२ वर्षीया बालिकामाथि जवर्जस्ती करणी, ७० वर्षीय वृद्ध पक्राउ

नेपालखबर
असार २५, २०७७ बिहिबार १४:२९,

बर्दियामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षका वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राजापुर नगरपालिका–५ झप्टी बस्ने ७० वर्षीय धन सिंह कामीरहेका छन्। ती बालिकालाई कामीले आफ्नै घरको कोठामा बोलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

यता, उदयपुरमा १२ वर्षीया बालिकामाथि पनि दुर्व्यवहार भएको छ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका–५ हलुने भञ्ज्याङ बस्ने २४ वर्षीय छबिलाल श्रेष्ठलाई प्रहरीले पक्राउ छ।

ती बालिकालाई कुकुङ्टारबाट घर फर्किने क्रममा सोही ठाउँस्थित जंगलमा जबरजस्ती करणी गरेको प्रहरी चौकी उदयपुरगढीले जनाएको छ।

दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .