ad ad

समाज


बबईको बाढीमा पतिपत्नी बेपत्ता

बबईको बाढीमा पतिपत्नी बेपत्ता

नेपालखबर
असार २८, २०७७ आइतबार ५:२,

बर्दियामा स्थानीय बबई नदीले बगाउँदा पतिपत्नी बेपत्ता भएका छन्।

बबईमा आएको बाढीले बगाउँदा ठाकुरबाबा नगरपालिका–४ बगनाहाका ३२ वर्षीय जितबहादुर थारू र उनकी पत्नी २६ वर्षीया राजकुमारी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

बबईको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरेर फर्कने क्रममा शनिबार बाढीमा बगेर उनीहरु बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बबई नदीको खैलार बनकट्टीघाट उनीहरु बगेर बेपत्ता भएका हुन्।

चौधरी दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक जनाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बेपत्ता दम्पतीको खोजी भइरहे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .