ad ad

समाज


हराएका २५ मोटरसाइकल ट्राफिक प्रहरीद्वारा फिर्ता, याे वर्ष मात्रै ३६८ वटा फेला परे

हराएका २५ मोटरसाइकल ट्राफिक प्रहरीद्वारा फिर्ता, याे वर्ष मात्रै ३६८ वटा फेला परे

नेपालखबर
असार ३०, २०७७ मंगलबार ९:३९,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ।

उपत्यकाका बालाजु, बसुन्धारा, मण्डिखाटार, नयाँबजार, ठमेल, सरस्वतिनगर, सामाखुसी, ठमेल, चावहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौंडा, बौद्ध, ठमेल, जरङ्खु, टोखा, वाँनियाटार, टिचिङ अस्पताल, कोटेश्‍वर, गौरीधारा, कोटेश्‍वर, कुमारीपाटी र गोकर्णेश्‍वरलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाएका हुन्।

महाशाखाका प्रमुख ढकालले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए। उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए।

आज शुशिल मानन्धर, रोशना निरौला, बुद्ध तामाङ, प्रविन कुमार थापा, महेश कार्की, अभिशेक गुरुङ, सुवर्णमान तुलाधर, आशिष गुरुङ, दिपक जैशवाल, हलुङ्ग राई, प्रकाश बलामी, बिमल गुरुङ, राज कुमार तामाङ, राजिव मैनाली, सुष्मा नगरकोटी सुनार, प्रशान्त चौधरी, भिम बहादुर महर्जन, सुरज विश्‍वकर्मा, भुपेन्द्र प्रसाद चौलागाई, दिपक मानन्धर, सुन्दर श्रेष्‍ठ, पंञ्च बहादुर राई, प्रशन गुरुङ, नगेन्द्र शाही र मिलन सुनुवारका मोटरसाइकलहरु जिम्मा लगाएको हो।

महाशाखाले यस आर्थिक वर्षमा मात्रै चोरी भएका ३६८ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ३७ जना व्यक्तिलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारबाही गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .