सरकारले युवा तथा खेलकुद मन्त्रालयका सहसचिव डा. मानबहादुर विश्वकर्मालाई सचिवमा बढुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
विश्वकर्मा दलित समुदायबाट नेपाल सरकारको सचिव हुने पहिलो व्यक्ति हुन्।
लोकसेवा आयोगको अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समिति विश्वकर्मासँगै गोकर्णमणि दुवाडी र मधु मरासिनीको नाम सचवि बढुवामा सिफारिस गरेको थियो। मन्त्रिपरिषदले सिफारिस भएका तीनमध्ये मानवहादुरलाई सचिवमा बढुवा गरेको हो। उनी दलत समुदायबाट सचिव हुने पहिलो व्यक्ति हुन्।
२०४७ सालमा सरकारी सेवामा प्रवेश गरेका विश्वकर्मा २०६० सालमा दलित समुदायबाट पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेका थिए।
उनले यसअघि श्रम विभागको महानिर्देशक, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र प्रदेश ५ को प्रमुख सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन्।
प्रतिक्रिया