ad ad

समाज


प्रहरीलाई ८ थान ‘लिडार स्पिड गन’ प्रदान

प्रहरीलाई ८ थान ‘लिडार स्पिड गन’ प्रदान

नेपालखबर
साउन ५, २०७७ सोमबार १२:५९,

यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई ८ थान लिडार स्पिड गन प्रदान गरेको छ। प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले ८४ लाख रुपैयाँ मूल्य बराबरका गन हस्तान्तरण गरेका हुन्।

सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले लिडार स्पिड गन हस्तान्तरण गरेको भन्दै यातायात व्यवस्था विभागप्रति प्रहरी महानिरीक्षक थापाले आभार व्यक्त गरे।

तीव्र गतिबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड, राडर गन, सीसीटीभी जस्ता प्रविधि अपनाईरहेको छ। उच्च प्रविधिको गन थप हुँदा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई अझ सघाउ पुग्ने विश्वास आईजीपी थापाले व्यक्त गरे।

सडक दुर्घटनाबाट हुने जनधनको क्षतितर्फ नेपाल प्रहरी सजग र संवेदनशील रहेको भन्दै यातायात व्यवस्था विभाग समेत संवेदनशील भएर सडक सुरक्षामा ध्यान दिनु पर्ने बताए।
विभागबाट यस्ता प्रविधिहरु थप जडान हुने अपेक्षा रहेको थापाले बताए।

यातायात व्यवस्था विभागका महानिर्देशक हमालले यातायात क्षेत्रमा अनुशासन कायम गरी यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य भइसकेको बताउँदै यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागीपरेको दाबी गरे।

समग्र यातायात प्रणालीलाई व्यवस्थापन गर्न इम्बोस्ड नम्बर जडान, सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली जडान, स्मार्ट लाइसेन्स वितरण लगायतका कार्य गरिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .