ad ad

समाज


अमेरिकामा कोरोनाका कारण एकैदिन एक हजार ५९२ को मृत्यु

अमेरिकामा कोरोनाका कारण एकैदिन एक हजार ५९२ को मृत्यु

नेपालखबर
साउन १४, २०७७ बुधबार ८:३६,

गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ।

सोही अवधिमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएको पनि बाल्टिमोर आवद्ध विश्वविद्यालयल जानकारी दिएको छ।

अमेरिकामा हालसम्म ४४ लाख ९८ हजार ३४३ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ।

कोरोना भाइरसको कारण विश्वभरीमा एक करोड ६९ लाख १ हजार ४०७ जना सङ्क्रमित भएका छन्।

गतवर्षको डिसेम्बर महिनाबाट चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसको कारण विश्वभरीमा ६ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .