ad ad

समाज


तीन दशकमा पग्लियो पृथ्वीको २८ ट्रिलियन टन बरफ

तीन दशकमा पग्लियो पृथ्वीको २८ ट्रिलियन टन बरफ

नेपालखबर
भदौ ७, २०७७ आइतबार १०:१५,

गएको तीन दशकमा २८ ट्रिलियन टन बरफ पग्लिएको बेलायती वैज्ञानिकहरुले बताएका छन्।

स्याटलाइट सर्वेक्षणमा आधारित सो अध्ययनले बरफ पग्लिने यो क्रम ‘चकित तुल्याउने’ खालको भएको बताएको छ।

लिड्स युनिभर्सिटी, एडिनबरा युनिभर्सिटी र युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिहरुले संयुक्त रुपमा सो अध्ययन गरेका थिए।

उनीहरुले हिमनदी र बरफ पग्लिनाले यो शताब्दीको अन्त्यमा समुद्र सतह एक मिटरले बढ्ने चेतावनी पनि दिएका छन्।

‘समुद्र सतह एक सेन्टिमिटर बढ्दा करिब १० लाख मानिस विस्थापित हुन्छन्,’ लिड्स युनिभर्सिटीका प्राध्यापक एन्डी सेफर्ड भन्छन्।

हिउँ पग्लिने क्रम बढेपछि सूर्यको विकिरणलाई परावर्तन गर्ने पृथ्वीको क्षमता घट्ने र तापक्रम बढ्ने चेतावनी पनि उनीहरुले दिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .