ad ad

समाज


कोरोनाबाट वडाध्यक्षका छोराको मृत्यु

कोरोनाबाट वडाध्यक्षका छोराको मृत्यु

शैलेन्द्र महतो
भदौ १३, २०७७ शनिबार ९:५१,

शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।

महोत्तरीको भंगहा नगरपालिका–१ का वडाध्यक्ष नवलकिशोर कापडका ३० वर्षीय छोरा उमेश कापडको कोराना संक्रमणबाट मृत्यु भएको हो।

आठ दिनेदेखि नियमित ज्वरो र रघाखोकी लागेपछि उनी घरमै उपचाररत्त थिए। श्वास प्रशासमा समस्या भएपछि शुक्रबार राति प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरएको थियो। शनिबार उनको मृत्यु भएको छ।

कोरोनाको शंका लागेपछि परिक्षणका लागि शुक्रबार उनको स्वाब संकलन गरिएको थियो। शनिबार दिउँसो उनको स्वाब रिपोर्ट पोजेटिभ आएको अस्पतालक निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले जानकारी दिए।

यस्तै शनिबार बिहान कोरोनाबाट महोत्तरीकै पिपरा गाउँपालिका ७ का ७० वर्षीय पुरुषको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ। उनको स्वाब रिपोर्ट समेत पोजेटिभ आएको डा. सिंहले जानकारी दिए।

योसँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .