ad ad

समाज


छिमेकीलाई विषालु साग दिनेले गरे आत्महत्या

छिमेकीलाई विषालु साग दिनेले गरे आत्महत्या

नेपालखबर
भदौ १३, २०७७ शनिबार १२:३,

बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिंगो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन्।

छिमेकीलाई दिएको जरिंगोको साग खाएर रिजालचोकका चार जना गम्भीर बिरामी परेका छन्। उनीहरुको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। जरिंगोको साग दिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले शनिबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विकले दिएको साग खाएर गत बिहीबार बिहान रिजालचोकका ७१ वर्षीय देउरुपा कँडेल, उनकी बुहारी ३७ वर्षीया चिजा कँडेल, छोरा ३७ वर्षीय चुडामणि कँडेल र १७ वर्षीय नाति सन्तोष कँडेल गम्भीर बिरामी परेका थिए। चारै जनाको धवलागिरि अस्पतालमा उपचार हुन नसकेपछि पोखरा पठाइएको थियो।

विकले आज घरभन्दा १०० मिटर तलको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए। ‘आत्महत्या गर्नेले समेत विषालु साग स्थानीय मदिरासँग खाएको र केही बिसञ्चो भएपछि घरेलु औषधि खाएर ठिक भएको बुझ्नमा आयो’, रेग्मीले भने, ‘सागले मानसिक असर गरेको पनि हुनसक्छ अथवा साग दिएका कारण अन्य बिरामी परेका कारण तनावमा आएर आत्महत्या गरेको हुन पनि सक्दछ।’

विकको शव परीक्षणका लागि धवलागिरि अस्पताल ल्याउन थालिएको छ। विकले दिएको साग खाएपछि चारै जना बेहोस भएका र अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

बिरामीमध्ये चुडामणि कँडेलको आईसीयूमा राखेर उपचार भइरहेको छ भने अन्य सामान्य अवस्थामा फर्केका छन्। विषालु साग खाएकामा मानसिक विचलन देखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .