प्रहरीले आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई पक्राउ गरेको छ।
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोलीले काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्ने ४० वर्षीय पुरुषलाई पक्राउ परेको हो।
छोरीलाई पटक-पटक बलात्कर गरेको सूचनापछि पुगेको प्रहरी टोलीले मंगलबार राति ती पुरुषलाई शंखमूलबाट पक्राउ गरेको हो।
पीडित बालिकाकी आमाले जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हाे।
पक्राउ परेका ती पुरुषलाई हिरासतमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया