ad ad

समाज


प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार नजिक

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार नजिक

शैलेन्द्र महतो
भदौ १९, २०७७ शुक्रबार १२:४०,

पछिल्लो २४ घण्टामा प्रदेश २ मा १६९ जना कोरोना संक्रमित थपिएका छन्।

धनुषामा ३४ जना, महोत्तरीमा ४३ जना, सिरहामा १० जना, बारामा १९ जना, पर्सामा २६ जना, सप्तरीमा ३५ जना, सर्लाही र रौतहटमा १/१ जना संक्रमित भेटिएका हुन्।

भेटिएका मध्ये ३७ जना महिला रहेको समाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले बताए।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार ९ सय ७७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशबाट उपचारपश्चात २१ महिलासहित १०५ जना कोरोना मुक्त भएर घर फर्केको वरिष्ठ चिकित्सक डा. यादवले बताए।

त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोनाबाट २ जनाको मृत्यु भएको पुष्टि भएको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ रमदैयामा बस्दै आएका भारत आन्ध्र प्रदेशका ६२ वर्षीय पुरुष र सप्तरीको राजविराज नगरपालिका ७ का ४८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै यस प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .