ad ad

समाज


प्रदेश २ मा कोरोनाबाट थप ५ जनाको मृत्यु

प्रदेश २ मा कोरोनाबाट थप ५ जनाको मृत्यु

शैलेन्द्र महतो
भदौ २२, २०७७ सोमबार १२:५६,

पछिल्लाे २४ घण्टामा प्रदेश २ मा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ।

सर्लाहीको चक्रघट्टा गाउँपालिकामै कोरोना संक्रमणबाट एउटै वडाका २ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामै कोरोनाबाट चक्रघट्टा गाउँपालिका ३ का ३५ पुरुष र ४० वर्षीय पुरुषको मृत्यु भएको हो।

दुवैजनाको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

यस्तै सिरहामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ। प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा सोमबार बिहान मिर्चैया नगरपालिका ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ।

सिरहाकै गोलबजार नगरपालिका ३ का ७७ वर्षीय पुरुष र पर्सा ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको जनस्वास्थ्य प्रशासक झाले बताए। योसँगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ।

मृत्यु हुनेमा १६ जना महिला र ९० जना पुरुष छन्।

हालसम्म सबभन्दा बढी पर्सा जिल्लाका ३९ जना, बाराका १५ जना, धनुषा जिल्लाका १२ जना, महोत्तरीका ११ जना, सिरहाका १० जना, सप्तरीका ८ जना, सार्लाही र रौतहटका ५।५ र एक भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

यस्तै सोमबार यस प्रदेशमा १२१ जना कोरोना संक्रमित थपिएका छन् । सिरहामा ५६ जना, धनुषामा ४२ जना, सर्लाहीमा २० जना, महोत्तरीमा २ जना र पर्सामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार २६१ पुगेको छ।

यस्तै आज उपचार पश्चात १७ महिलासहित ९२ जना कोरोना निको भएर घर फर्केको जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .