ad ad

समाज


भारतीय मन्त्रीको विवादास्पद टिप्पणी, भन्छिन्ः गोबरमा जन्मिएकी हुँ, कोरोना छेउमै आउँदैन

भारतीय मन्त्रीको विवादास्पद टिप्पणी, भन्छिन्ः गोबरमा जन्मिएकी हुँ, कोरोना छेउमै आउँदैन

नेपालखबर
भदौ २४, २०७७ बुधबार ९:६,

उनलाई हालै कोरोनाको संक्रमण भएको हल्ला चलेको थियो। यसै विषयमा दिएको प्रतिक्रियामा उनले भनेकी छिन्,‘म गोबर र माटोमा जन्मिएकी हुँ, कोरोना मेरो छेउमा आउन सक्दैन।’

गत सेप्टेम्बर ३ मा उनले यस अभिव्यक्ति दिएको बताइएको छ। यस घटनाको भिडियो सार्वजनिक भएपछि उनी ट्रोलको शिकार बनेकी छिन्।

यसअघि भाजपाका कार्यकर्ताहरुले गाइको गहुँत खाने कार्यक्रमको आयोजना नै गरेका थिए। गोबर शरीरमा लगाएर गहुँत खाएमा कोरोना नलाग्ने उनीहरुको भनाइ थियो।

तर हालसम्म पनि वैज्ञानिकहरुले गोबर र गहुँतले कोरोना निको हुन्छ भन्ने तथ्यलाई स्वीकारेका छैनन्।

हाल विश्वभर खोप विकास भइरहेको छ। त्यतिन्जेल कोरोनाविरुद्ध बच्ने उपाय अबलम्ब गर्न विज्ञहरुको सुझाव छ। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .