ad ad

समाज


धनुषामा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १३ पुग्याे

धनुषामा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १३ पुग्याे

शैलेन्द्र महतो
भदौ २५, २०७७ बिहिबार १०:१६,

धनुषामा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। धनुषाको औरही गाउँपालिका १ पुरनदैयाका ६० वर्षीय रामपरिक्षण सहनीको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

मंगलबार श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि भर्ना भएका उनको बुधबार दिउँसो मृत्यु भएको थियाे।

मृत्यु पश्चात स्वाब संकलन गरी परीक्षण गरेपछि बुधबार साँझ उनको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ काे सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मृतक सहनीको शवलाई बिहीबार धनुषाको महेन्द्रनगर स्थित श्रीनाथ गणबाट खटेको नेपाली सेनाको टोलीले जमुनी नदीको किनारमा व्यवस्थापन गरेको छ। योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .