पेस्तोल र गोलीसहित जनकपुरबाट दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २५ बस्ने वर्ष २१ का अजयराज कायस्थ र २४ वर्षीय सुनिल मण्डल रहेका छन्।
बिहीबार दिउँसो साढे १२ बजेको समयमा दुवै युवकलाई जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोल नजिकबाट एकथान पेस्तोल र त्यसमा प्रयोग हुने १ राउण्ड गोलीसहित पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
हतियार बेचबिखनको लागि लग्दैछ भन्ने गोप्य सूचनाको आधारमा प्रदेश २–००३०० प. ७३७७ नम्बरको मोटरसाइकलमा सवार भई जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा झोलामा लुकाएर राखेको कटुवा पेस्ताल र एकराउण्ड गोली प्रहरीले बरामद गरेको हो।
दुवै जनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रतिक्रिया