ad ad

समाज


चितवनकी ७८ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि

चितवनकी ७८ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार ७:३२,

पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ कि ७८ वर्षीया महिला छिन्।

दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो।

मृत्युपछि शुक्रबार बिहान आएको पीसीआर नतिजामा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या २४ पुगेको छ। एक वृद्धाको घरमा नै मृत्यु भएको थियो।

चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का तीन तथा बारा, गोरखा र कैलालीका एक÷एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .