गण्डकी प्रदेशमा कोरोना संक्रमितको संक्रमितको संख्या २९ सय नाघेको छ।
शनिबार बिहान र दिउँसो गरेर थप ८३ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या २९ सय ३ पुगेको हो।
क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा शनिबार दिउँसो थप ३८ जनामा कोरोना पुष्टि भएको हो। यसअघि शनिबार बिहान ४५ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनलयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकार दिए।
दिउँसो थपिएका ३८ जनामा कास्कीका २४, नवलपरासी (सुस्तापूर्व)का ८ र स्याङ्जाका ५ जना रहेका छन्। शनिबार बिहान नवलपरासी (सुस्तापूर्व)का ३४, कास्कीका १० र गोरखाका १ जनामा कोरोना पुष्टि भएको थियो।
संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जनाकारी दिए।
कोरोना संक्रमणबाट गण्डकीमा अहिलेसम्म २४ जनाको मृत्यु भइसेको छ।
प्रतिक्रिया