ad ad

समाज


थप १२ सय १ जनामा कोरोना पुष्टि, ८५२ जना निको भए

थप १२ सय १   जनामा कोरोना पुष्टि, ८५२ जना निको भए

नेपालखबर
भदौ २७, २०७७ शनिबार १०:३५,

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०१ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ।

पछिल्लो २४ घण्टामा थप १० हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ।

यो जम्मा संक्रमितको ७०.६ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .