ad ad

समाज


दुर्लभ वन्यजन्तु सालककाे अवैध काराेबारमा संलग्न १० जना पक्राउ

दुर्लभ वन्यजन्तु सालककाे अवैध काराेबारमा संलग्न १० जना पक्राउ

प्रकाश न्यौपाने
भदौ ३०, २०७७ मंगलबार १५:२९,

रुपन्देही प्रहरीले दुर्लभ वन्यजन्तु सालकको कारोबारमा संलग्न १० जनालाई पक्राउ गरेकाे छ। बुटवल उपमहानगरपालिका ५ नेपालगञ्ज रोडबाट उनीहरुलाई सालकसहित प्रहरीले पक्राउ गरेकाे हाे।

भदौ २६ गते प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग २ च ९३१९ नम्बरको कारको पछाडीपट्टीकाे सिटकोमुनी २ थान सालकको छाला फेला पारेको थियो। उक्त दिन प्रहरीले कार चालक गोर्खाको शहीद लखन गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २५ को अशोक रोकासहित गोर्खाकै सिरानचोक गाउँपालिका वडा नम्बर ६ बस्ने खुसिमान गुरूङ र टिका गुरूङ, अर्घाखांची छत्रदेवका राजेन्द्र रावल र गुल्मीको धुर्कोटका प्रकाश सुनारलाई नियन्त्रणमा लिएको थियो।

भदौ २६ गते नियन्त्रणमा लिएकाहरुको सुराकीका आधारमा मंगलवार अपरान्ह प्रहरीले बुटवलकै नेपालगन्ज रोडबाट जिउँदो सालकसहित थप ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए।

पक्राउ पर्नेहरुमा सिराहा नगरपालिका ७ बस्ने मनोजकुमार कर्ण, सिन्धुलीको तिनपाटन गाउँपालिका ३ बस्ने लोकबहादुर तामाङ र लालबहादुर तामाङ, सर्लाहीको हरिओम गाउँपालिका १० बस्ने सूर्य लामा र उदयपुर गाईघाट नगरपालिका १ बस्ने नेत्रमाया राना रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

दुर्लभ वन्यजन्तु सालक अवैधरुपमा लुकाईछिपाई साथमा लिएर हिँडेको अवस्थामा मंगलबार दिउँसो पक्राउ गरिएको खत्रीले जानकारी दिए।

बरामद गरिएको सालक, सालकको छाला र नियन्त्रणमा लिईएका सबैलाई वन्यजन्तु कसुर सम्बन्धी कारबाहीको लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ।

विश्वमै दुर्लभ मानिएका ८ प्रजातीका सालक मध्ये २ प्रजातीका सालक बिशेष गरेर नेपालको महाभारत र चुरेक्षेत्रमा रहेका मकवानपुरा, धादिंङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा पाइने गर्दछ।

जिल्ला प्रहरी प्रमुख पोखरेलका अनुसार सालकको मासु खानका लागि सिकार गरिने भए पनि सालकको छालाबाट चिनियां परम्परागत बहुमुल्य औषधि बनाउनका लागि चोरी सिकार गरी अवैध ढंगले बेचबिखन हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .