चिनियाँ नागरिकले नोभेम्बर वा डिसेम्बर महिनाबाट कोरोनाविरुद्धको खोप लगाउन पाउने एक उच्चपदस्थ वैज्ञानिकले बताएकी छन्।
चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) प्रमुख जैविक सुरक्षा विज्ञ वु गुइचेनले अनेकौँ खोपको परीक्षण सहज तरिकाले अघि बढिरहेको र व्यापक उत्पादनको तयारी भइरहेको बताइन्।
‘परीक्षण गर्ने समूहमा सहभागी भएर मैले पनि अप्रिलमै खोप लगाएँ,’ वुले सीसीटीभीसँग भनिन्, ‘पछिल्लो केही महिनामा मैले असामान्य केही महसुस गरेको छैन।’
खोप लगाएपछि एकदेखि तीन वर्षसम्मका लागि प्रभावकारी हुने अपेक्षा उनले व्यक्त गरिन्। यद्यपि त्यसका लागि लामो समय पर्खिनुपर्ने उनको भनाइ छ।
वुले खोप उत्पादनका लागि दुई वटा प्लान्टलाई अनुमति दिइसकेको र तेस्रोका लागि प्रक्रियामा रहेको जानकारी दिइन्। एजेन्सी
प्रतिक्रिया