ad ad

खेल


क्यानको टोली धुर्मुसले बनाइरहेको क्रिकेट रंगशाला निरीक्षणमा

क्यानको टोली धुर्मुसले बनाइरहेको क्रिकेट रंगशाला निरीक्षणमा

नेपालखबर
असोज ६, २०७७ मंगलबार ८:१२,

नेपाल क्रिकेट संघ (क्यान)ले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निरीक्षण गरेको छ।

क्यान पदाधिकारीले आज मगंलबार धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा निर्माण भइरहेको रगंशालाको निरीक्षण गरेका हुन्। सो क्रममा सीताराम कट्टेल ‘धुर्मुस’ले रंगशाला निर्माणबारे क्यानलाई बताएका थिए।

क्यानको केन्द्रीय कार्यसमिति बोर्ड बैठक अहिले चितवनमा बसिरहेको छ। त्यसअघि क्यान पदाधिकारीले रगंशालाको निरीक्षण गरेका हुन्।

No description available.

चितवनमा जारी बोर्ड बैठकले वार्षिक साधारणसभाको मिति, खेलाडीको नयाँ ग्रेड, पारिश्रमिक, अडिटलगायतका विषयमा छलफल गर्नेछ।

आजको बैठकमा विशेष गरेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट क्यानमाथिको प्रतिबन्ध पूर्णरुपमा कसरी फुकुवा गर्ने भन्ने विषयमा छलफल हुनेछ। गत कात्तिकमा आईसीसीले क्यानमाथिको प्रतिबन्ध सशर्त रुपमा फुकुवा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .