ad ad

समाज


अछाम अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना संक्रमितको मृत्यु

अछाम अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना संक्रमितको मृत्यु

गोकुल जोशी
असोज ११, २०७७ आइतबार २:३५,

अछाममा शनिबार राति एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

अछाम स्वास्थ्य कार्यालयले दिएकाे जानकारीअनुसार बान्नीगढी जयगढी गाउँपालिका-३ का ३४ वर्षीय पुरुषकाे मृत्यु भएको हाे। 

अछाम जिल्ला अस्पतालमा उपचार गर्दागर्दै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगानाले पुष्टि गरे।

‘स्वास्थ्यमा समस्या भएपछि हिजो बिहान अस्पताल पुर्‍याइएकाे थियो, तर राति ९ बजे उनकाे मृत्यु भयाे,’ उनले भने।

गत भदाै २५ गते भारतबाट फर्किएका उनलाई बान्नीगढ जयगढ गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो। त्यहाँ रहेका उनीसहित १९ जनाकाे कोरोना परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको थियो।

अस्पतालमा आईसीयू सेवा नहुँदा संक्रमितलाई बचाउन नसकिएको बान्नीगढी जयगढी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले बताए।

‘कोरोनाका लक्षण देखिएको संक्रमितको स्वास्थ्य अवस्था गम्भीर थियो,’ गाउँपालिका अध्यक्ष खड्काले नेपालखबरसँग भने, ‘राख्न भेन्टिलेटर नहुँदा धनगढी लैजाने तयारी भइरहेको थियो। तर राति नै मृत्यु भइहाल्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .