ad ad

समाज


नेपालमा एकै दिन २७ सय २२ कोरोना संक्रमित थपिए

नेपालमा एकै दिन २७ सय २२ कोरोना संक्रमित थपिए

नेपालखबर
असोज १६, २०७७ शुक्रबार १०:३६,

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ।

त्यस्तै आज देशभर संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन्।

आज थप १४ हजार ७३९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको १० लाख ४८ हजार ६८६ संख्या पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ३०७ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ६० हजार ९६ पुगेको छ। 

प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ७३.६ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .