ad ad

समाज


जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ को मृत्यु, एक वेपत्ता

जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ को मृत्यु, एक वेपत्ता

नेपालखबर
असोज २१, २०७७ बुधबार १२:६,

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एकजना अझै वेपत्ता छन्।

दुर्घटनामा जुनीचाँदे-११ का वडाध्यक्ष अमरबहादुर शाही, ६१ वर्षीय किर्तिबहादुर शाही, ३२ वर्षीय खेमबहादुर शाही, २९ कृष्णबहादुर शाही, २९ वर्षीय मालिका बस्नेत र थप एकजनाकाे ज्यान गएकाे जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए।

उनका अनुसार एकजनाको शव फेला परेकोमा उनको पहिचान खुलेको छैन।

थप एक जना घाइते भएका छन्।

जीप खलङ्गाबाट जुनिचाँदी जाँदै गर्दा स्थानीय औलखोलामा खस्दा दुर्घटना भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .