ad ad

समाज


रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु

प्रकाश न्यौपाने
असोज २५, २०७७ आइतबार ४:३४,

रुपन्देहीमा थप चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। ज्यान गुमाउने दुई पुरुष र दुई महिला छन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ की ६१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ। असोज २१ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको हो।

उनमा असोज २१ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ।

यस्तै, बुटवल उपमहानगर–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको छ। शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना पुष्टि भएको थियो।

उनमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.गौतमले जानकारी दिए।

यसगरी तिलोत्तमा नगरपालिका–३ का ६६ वर्षीया महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ। ती महिला उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी थिइन्।

यस्तै, बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको छ।

रुपन्देहीमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल लैजाने क्रममा बाटोमै आइतबार बिहान मृत्यु भएको डा.गौतमले बताए। उनी मुटुका दीर्घरोगी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .