सान्दोङ प्रान्तको चिन्दाओको पुरा जनसंख्याको परीक्षण पाँच दिनमा गर्न लागिएको हो।
आयातित संक्रमित उपचारका लागि चिंदाओमा ल्याइएपछि पछिल्लो समय यहाँ कोरोना संक्रमितहरु फेरि देखा पर्न थालेका छन्।
गत मे महिनामा चीनले कोरोनाको उत्पत्तिस्थल मानिएको हुबेइको वुहान शहरमा छोटो समयमै पुरा जनसंख्यामा कोरोना परीक्षण गर्न सफल भएको थियो।
छोटो अवधिमै त्यसबेला एक कराड १० लाखजनाको कोरोना परीक्षण गरिएको थियो।
चीनले कोरोना भाइरसलाई राम्रोसँग नियन्त्रणमा लिन सफल भएको छ। यहाँ कोरोनाबाट हुने मृत्युदर शुन्यमा छन्। संक्रमित दर पनि अत्यन्त न्युन छ। एजेन्सी
3
Shares
प्रतिक्रिया