ad ad

समाज


दसैं पर्व सुरु, आज घटस्थापना

दसैं पर्व सुरु, आज घटस्थापना

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ०:१५,

हिन्दू नेपालीहरुको महत्वपूर्ण पर्व वडा दसैं आज (शनिबार) बाट सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ वडा दसैं पर्व मनाइन्छ।

वडा दसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आज घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा रहेको पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।

यस वर्ष शुभसाइतमा हनुमानढोका दरबारमा रहेको दसैं घरमा घटस्थापना गरिने भएको छ।

दसैंमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजाआराधना गरिन्छ। बिहान नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्पक राखेर त्यसमा जौ, धान र मकै छरेर जमरा राख्ने गरिन्छ।

यस वर्ष कोभिड–१९ महामारीका कारण दसैंमा विगत वर्ष जस्तो रौनक र उत्साह छैन। सरकारले पनि दसैंको नाममा धेरै जमघट नगर्न र एकाघरका सदस्य मात्रै एक ठाउँमा बसेर दसैं मनाउन आग्रह गर्दै आएको छ।

दसैंमा धेरै आवतजावत नगर्न र यस वर्ष जो जुन ठाउँमा छ त्यही बसेर दसैं मनाउन पनि नागरिकलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .