ad ad

समाज


दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ युवाको मृत्यु, मृतककी पत्नीसहित थप २ जना गम्भीर घाइते

दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ युवाको मृत्यु, मृतककी पत्नीसहित थप २ जना गम्भीर घाइते

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ०:४०,

सप्तरीको खडक नगरपालिका-११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ।

दुर्घटनामा डाक्नेश्वरी नगरपालिका-१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका-११ बिसहरियाका २९ वर्षीय नरेश साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको स८प ८४८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१-००१ त ३७०१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

हुलाकी सडकमा भएको दुर्घटनामा गम्भीर घाइते भएका दुबैको बोदेवर्साइनस्थित जीवनदीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मृतक हकिम स८प ८४८१ नं को मोटरसाइकलमा पछाडी सवार थिए । उक्त मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका-१० बनौलीका २२ वर्षीय गुड्डु अन्सारी गम्भीर घाइते भएका छन्।

त्यस्तै अर्का मृतक खडक नगरपालिकाका–११ बिसहरियाका साह प्रदेश २-०१-००१ त ३७०१ नम्बरको मोटरसाइकलका चालक हुन्।

उक्त मोटरसाइकलमा पछाडी सवार उनकी २६ वर्षीया पत्नी सुनिता साह गम्भीर घाइते भएकी छिन्। घाइतेको उपचारका लागि विरागटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .