ad ad

समाज


दसैंको मुखमा नबिल बैंकको सन्देशमूलक भिडियोः बाबालाई कोरोना पोजिटिभ आएपछि ...

दसैंको मुखमा नबिल बैंकको सन्देशमूलक भिडियोः बाबालाई कोरोना पोजिटिभ आएपछि ...

नेपालखबर
कात्तिक १, २०७७ शनिबार १२:३३,

परिवारको सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि, पारिवारिक माहोल कस्तो हुन्छ होला? सायद भोग्नेले जति अरुले भन्न सक्दैन्।

श्रीमानश्रीमति, छोराछोरी होस् वा हजुरबा हजुरआमा सबैको मनमा चिसो पस्छ। त्यसैमाथी, परिवारका अन्य सदस्यमा पनि संक्रमणको जोखिम।

विश्वमा दश लाख र नेपालमा सात सयभन्दा धेरैको ज्यान लिएको रोग लागेपछि उपचार गरौंला भन्नलाई औषधि छैन। ज्यानले कति धान्न सक्छ, त्यसैको भर हो।

यस्तै, परिस्थितिबीच गुज्रिएका एक परिवारको सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ, नबिल बैंकले। ३ मिनेट २६ सेकेण्डको यो भिडियो एक दिनमै ढेड लाखले हेरिसकेको र फेसबुक पेजमा सयौंका मन पराएका प्रतिक्रिया आएको नबिल बैंकले जनाएको छ।

भिडियो आम नेपालीले देखेको र भोगेको सामान्य घटनाको छ तर निकै शक्तिशाली।

तीन जनाको परिवारमा बाबुलाई कोभिड–१९ पोजिटिभ आउँछ। श्रीमतिको मन अमिलो हुन्छ।

‘सब ठिक हुन्छ, केही हुँदैन,’ ढोका बाहिरबाटै भन्छिन् तर आँसु लुकाउन सक्दिनन्।

छोरीका साथीले दसैंको लागि कपडा किनिसके।

‘यसपाली त दसैं आएको मनै परेको छैन्,’ भिडियो कलमा छोरीले आँसु चुहाउँदै साथीलाई भन्छिन्।

अन्ततः दसैंको दिन बाबाको रिपोर्ट नेगेटिभ आउँछ। परिवारमा खुसी छाउँछ। दसैं रमाइलो हुन्छ।

Nabil Video2

सुन्दा सामान्य लाग्ने यस भिडियोमा कलाकारको अभियन प्रशंसनीय छ।

आज शनिबार सार्वजनिक गरिएको यो भिडियोलाई छोटो समयमै धेरैले मन पराएको बैंकका सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले बताए।

‘दश घण्टामै सवा लाखले यो भिडियो हेरिसक्नु भएको छ,’ सुवेदीले भने, ‘राम्रो भनेर सयौंको कमेन्ट्स आएका छन्।’

कोरोना संक्रमणबाट दिन प्रतिदिन सयौं नेपाली संक्रमित भइरहेका छन्। बैंकका कर्मचारी, ग्राहक र आम नेपाली संक्रमण भइरहेको अवस्थामा केही सकारात्मक सन्देश दिनु पर्छ भन्ने बैंकले सोचिरहेको थियो।

दसैंको शुभकामनासहित आम नेपालीलाई छुने सन्देश दिनका लागि विभिन्न कन्सेप्ट तयार भए। सुवेदीसहितको टिमले ति स्क्रिप्टलाई अध्ययन गर्यो।

अहिलेको परिस्थितिलाई समेटेको, चेतना, सन्देशमूलक, समाज र पारिवारिक खुसी ल्याउने खालको यही कन्सेप्टलाई टिमले स्वीकृत गर्यो।

भिडियोले समाजलाई आशा जगाउने र सकारात्मक सन्देश दिने भएको सुवेदी बताउँछन्।

भिडियोलाई दर्शकहरुले पनि निकै मन पराएका छन्। फेसबुकमा मन छुने र इमोसनल भिडियो भनेर प्रतिक्रिया दिएका छन्।

‘साँच्चिकै मुटु छुने छ,’ रेश्मा केसीले फेसबुकमा प्रतिक्रिया दिएकी छन्, ‘बाबा र छोरीको दुरीबीच पनि अंगालो मारेको अनुभूतिले मेरो आँशु झरे। यस्तो राम्रो भिडियोको लागि धन्यवाद, दसैंको शुभकामना, सबै सुरक्षित रहनुहोला।’

भिडियोः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .