ad ad

समाज


भारतमा रुसी खोपको दोस्रो र तेस्रो चरणको परीक्षण हुने

भारतमा रुसी खोपको दोस्रो र तेस्रो चरणको परीक्षण हुने

नेपालखबर
कात्तिक १, २०७७ शनिबार १२:३९,

रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड आरडीआईएफ र डक्टर रेड्डीज ल्याबोरेटरी लिमिटेटबीच भएको नयाँ सम्झौताअनुसार ‘स्पुतनिक पाँचौ’ खोपको दोस्रो र तेस्रो चरणको परीक्षण पनि भारतमा गरिने भएको हो।

यसअघि भारतमा तेस्रो चरणको परीक्षण मात्र गरिने बताइएको थियो। भारतका विज्ञहरुले रुसमा उक्त खोपको पहिलो र दोस्रो चराण्को परीक्षण सानो समूहमामात्र सीमित भएको बताएका थिए।

यसबीचमा भारतमा अब दोस्रो र तेस्रो चरणको परीक्षण पनि हुने भएको हो। यो परीक्षण १५ सय स्वंय सेवकमा हुने बताइएको छ।

भारतमा डक्टर रेड्डीज ल्याबोरेटोरीले मानिसहरुमा खोप परीक्षण गर्नेछ। रुसको स्पुतनिक पाँचौं खोपलाई यसै ल्याबोरेटोरीले वितरणको अनुमति पाएको छ।

आरडीआइएफले रेड्डीज ल्याबोरेटोरीसँग दश करोड डोज कोरोना भ्याक्सिन पठाउने सम्झौता गरेको छ। टाइम्स अफ इन्डिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .