अफगानिस्तानमा भिसाका लागि आवेदन दिनेबीच भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएकाे छ।
पाकिस्तान जान भिसाका लागि अफगानिस्तानको पूर्वी नांगहार प्रान्तस्थित स्टेडियममा बुधबार जम्मा भएका अफगानी नागरिककाे भीडमा भागदौड मच्चिँदा ११ महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएकाे त्यहाँका अधिकारीले बताएका छन्।
साथै घटनामा १३ जना घाइते भएका छन्। त्यसमा पनि धेरै महिला रहेकाे गर्भनर अताउल्लाह खोग्यानीले जानकारी दिएका छन्।
‘स्टेडियममा १० हजारभन्दा बढी मानिस उपस्थिति हुँदा अप्रिय घटना हुन पुग्यो,’ गभर्नर अताउल्लाह खोग्यानीले समाचार संस्था एएफपीसँग भनेका छन्।
बर्सेनि ठूलाे संख्यामा अफगानी नागरिक आफन्त भेट्न, उपचार गर्न, रोजगारी खोज्न र आफ्नो देशमा जारी द्वन्द्वबाट बच्न पाकिस्तान जाने गर्छन्।
कोरोना महामारीका कारण ७ महिनापछि पाकिस्तानले भिसा आवेदन खुला गरेको हो। एजेन्सी
प्रतिक्रिया