नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ४ हजार ४९९ जनामा कोरोना स.क्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार हजार ८ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८६३ पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ६६८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ।
मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ६८.९ प्रतिशत निको भएका छन्।
मन्त्रालयका अनुसार शुक्रबार १७ जनाकाे मृत्युसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८ सय २९ पुगेकाे छ ।
33
Shares
प्रतिक्रिया