नेपालका अर्का उच्च पदस्थ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
बैरागीले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।
उनले पछिल्ला दिनमा आफ्नो प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह समेत गरेका छन्।
नेपालमा मन्त्रीद्वय गिरीराजमणी पोखरेल, योगेश भट्टराई लगायत उच्चपदस्थ अधिकारीहरुलाई संक्रमण पुष्टि भइसकेको छ।
प्रतिक्रिया