बारामा बुधबार प्रहरी र स्थानीयबीच झडप भएको छ। त्यस क्रममा एक स्थानीय र प्रहरी घाइते भएका छन्।
सुवर्ण गाउँपालिकास्थित कबही गोठब तस्करीको सामान नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा झडप भएकाे हाे।
स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा एक स्थानीय गम्भीर घाइते भएका हुन्।
बारा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार घटनामा प्रहरी नायब निरीक्षकसमेत घाइते भएका छन्।
प्रतिक्रिया