ad ad

समाज


३ हजार ५१ संक्रमित थपिए, ३४ सय ३० निको भए

३ हजार ५१ संक्रमित थपिए, ३४ सय ३० निको भए

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार ११:०,

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ३ हजार ५१ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेकाे छ।

 मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६८ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १५ लाख ७ हजार १९० पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४३० जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनका कारण मृतयु हुनेको संख्या १ हजार ५२ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .