ad ad

समाज


एक दिनमै साढे ६ लाखमा संक्रमण, १० हजारको मृत्यु

एक दिनमै साढे ६ लाखमा संक्रमण, १० हजारको मृत्यु

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार २:२३,

विश्वभर नै कोरोना संक्रमण र त्यसबाट हुने मृत्युदर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर साढे ६ लाख भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस बीचमा संक्रमणको कारण विश्वभर झण्डै १० हजारले ज्यान जुमाएका छन्।

वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभरी ६ लाख ५६ हजार १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसबीचमा संक्रमणबाट ९ हजार ९ सय ४२ जनाले ज्यान गुमाएका छन्।

संक्रमणको कारण सबैभन्दा बढी अमेरिकामा हिजो मात्रै १ हजार ३ सय ९५ जनाको मृत्यु भएको छ। त्यहाँ १ लाख ८३ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

भारतमा हिजो संक्रमणबाट ५ सय ३९ जनाले ज्यान गुमाएका छन् भने ४५ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

फ्रान्समा हिजो एक दिनमै संक्रमणको कारण ९ सय ३२ जनाले ज्यान गुमाएका छन्। झण्डै २४ हजारमा संक्रमण पुष्टि भएको छ।

त्यहाँ संक्रमण फैलिँदै गएपछि लकडाउन थप गरिएको छ। आगामी डिसेम्बरसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेस्कले बताएका छन्।

विश्वभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १३ लाख नाघेको छ। अहिलेसम्म विश्वभर संक्रमणबाट १३ लाख ८ हजार ५ सय ६५ जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .