ad ad

समाज


जनकपुरमा घरमै बसिरहेकी महिलामाथि एसिड प्रहार

जनकपुरमा घरमै बसिरहेकी महिलामाथि एसिड प्रहार

शैलेन्द्र महतो
कात्तिक २९, २०७७ शनिबार ५:१३,

जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको छ।

जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध साहकी २६ वर्षीया छोरी आरती साहमाथि शनिबार बिहान साढे ९ बजे एक युवकले एसिड प्रहार गरेका हुन्।

उनलाई अहिले जनकपुरको जानकी हेल्थ केयरमा भर्ना गरिएको छ। एसिड प्रहारका कारण उनकाे मुहार  र छातीको भाग जलेको छ।

जनकपुरको देवपुरा रुपैठा घर भएकी आरती माइती घरमै बसेको बेला एसिड प्रहार भएको स्थानीयले बताएका छन्।

धनुषा प्रहरीले एसिड प्रहार गर्नेको खोजी गरिरहेको जनाएको छ।

घटनाका विषयमा थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .