ad ad

समाज


अविवाहित वा पुरुष ‘पार्टनर’ नभएका महिलामा ‘ब्लडप्रेसर’काे खतरा बढी : अमेरिकी अनुसन्धान

अविवाहित वा पुरुष ‘पार्टनर’ नभएका महिलामा ‘ब्लडप्रेसर’काे खतरा बढी : अमेरिकी अनुसन्धान

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार ५:४२,

अविवाहित रहनु र रक्तचाप (ब्लडप्रेसर) बीच सम्बन्ध रहेको पाइएको छ। अमेरिकामा गरिएको अनुसन्धानले जुन महिलाको विवाह भएको छैन, उनीहरूमा ब्लडप्रेसरको जोखिम बढी पाइएको हो।

हाइपरटेन्सन जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार विवाह र रक्तचापबीचको सम्बन्ध छ कि छैन भनेर वैज्ञानिकले अनुसन्धान गरेका थिए।

यस्ता महिलालाई उच्च रक्तचापको जोखिम बढी
क्यानडामा ४५ देखि ८५ वर्षसम्मका २८ हजार २३८ महिलामा अनुसन्धान गरिएको थियो। जसबाट अविवाहित अर्थात् पुरुष साथीविहीन २८ प्रतिशत महिलामा हाई ब्लडप्रेसरको समस्या रहेको पत्ता लाग्यो। त्यस्तै सम्बन्ध विच्छेद गरेका वा पति बितेका ३३ प्रतिशतमा उच्च रक्तचापको धेरै जोखिम रहेको पाइयो।

पुरुषमा नतिजा फरक
तर पुरुषको सन्दर्भमा भने तथ्य फरक पाइएको छ। अविवाहित वा महिला साथीविहीन पुरषमा भने उच्च रक्तचापको जोखिम पाइएको छैन। कारण उनीहरूले धेरै तनाव नलिने गरेको पाइएको अनुसन्धानकर्ताले बताएका छन्। साथै उनीहरू मिलनसार हुने भएकाले उच्च रक्तचापको खतरा कम देखिएको वैज्ञानिकको दाबी छ।

अनुसन्धानकर्ताका अनुसार जुन महिलाका साथी कम हुन्छन्, उनीहरूमा पनि उच्च रक्तचापको जोखिम १५ प्रतिशतभन्दा बढी पाइएको छ।

मेडिकल न्युट्रिसनिस्ट डा. विश्वरूप राय चौधरीका अनुसार ब्लडप्रेसर आफैंमा रोग होइन, यो शरीरमा हुने नकारात्मक परवर्तनको एक लक्षण हो। यसलाई नियन्त्रणमा राख्ने दुई सूत्र छन्। पहिलो, दैनिक खानामा ५० प्रतिशत फलफूल र हरिया सागसब्जी अनिवार्य गर्ने। दोस्रो, नुन र तेलबाट टाढा रहने।

उच्च रक्तचाप वा न्यून रक्तचाप दुवै खतरनाक
रक्तचाप बढी हुनु वा कम हुनु दुवै स्वास्थ्यका लागि हानिकारक हुन्। नयाँ परिभाषाअनुसार ब्लडप्रेसर १६०/१०० भन्दा कम छ भने उच्च रक्तचाप मानिन्न। तर यसभन्दा माथि उकालो लाग्दै गयो भने उच्च रक्तचाप भन्न सकिन्छ।

यदि रक्तचाप १००/६० भन्दा तल छ भने निम्न रक्तचाप भएकाे मानिन्छ। जब टाउको दुख्ने, बैचनी हुने, कमजोरी महसुस हुने हुन्छ, तब रक्तचाप निकै कम छ भनेर बुझ्नुपर्ने हुन्छ। यस्तो महसुस हुँदैन भने चाहिँ चिन्ता लिन जरुरी छैन। स्राेत : दैनिक भास्कर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .