ad ad

समाज


मकवानपुरमा तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कारपछि हत्या गरिएको आशंका

मकवानपुरमा तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कारपछि हत्या गरिएको आशंका

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ५:५२,

पूर्वी मकवानपुरको बागमतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ। उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ।

बागमती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुंगाले हानेर हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। हाल प्रवक्ता रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ भने प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ।

बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन्। उनलाई स्थानीय खोल्साको किनारमा रक्ताम्य अवस्थामा फेला पारिएको थियो। बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .