ad ad

समाज


बालिका बलात्कार र हत्याविरुद्ध प्रदर्शनमा प्रहरीको गोली लागेर तीन जना गम्भीर घाइते

बालिका बलात्कार र हत्याविरुद्ध प्रदर्शनमा प्रहरीको गोली लागेर तीन जना गम्भीर घाइते

शैलेन्द्र महतो
मंसिर ९, २०७७ मंगलबार ७:४४,

बर्दिबासकी ६ वर्षीया बालिका गुलाब साह खातुनको बालत्कार गरी हत्या गरेको भनी त्यसको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ।

गोली लागी तीनजना प्रदर्शनकारी घाइते भएका छन्। स्थानीयका अनुसार प्रहरीको गोलि लागेर बर्दिबास बस्ने ३५ वर्षीय संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की घाइते भएका हुन्।

न्यौपानेको तिघ्रामा, आलमको टाउकोमा गोली लागेर गम्भीर घाइते भएका छन्। न्यौपाानेको उपचार अहिले बर्दिबासस्थित पिनायक हस्पिटलमा हुन नसकेपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ।

अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदै छ।

आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव बोरामा राखेर फालेको अवस्थामा फेला परेको थियो।

उनलाई स्थानीय अरुण किराना पसलका संचालक २५ वर्षीय अरुण कुमार साहले बलात्कार गरी हत्या गरेर शव बोरामा राखेर फालेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

बालिका बलात्कार तथा हत्याको बिरोधमा बिहानैदेखि बर्दिबासमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन भइरहेको छ।

प्रदर्शनको क्रममा आक्रोशित स्थानीयले आरोपी साहको घर समेत जलाएका छन्।

स्थानीयले अहिले बालिकाको शवलाई राजमार्गमा राखेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनको क्रममा प्रहरीले केहि सेल अश्रु ग्यास प्रहार र हवाइ फायर समेत गरेको छ। अहिले बर्दिबासको अवस्था तनावग्रस्त छ।

यो पनिः
स्थानीयले बलात्कार आरोपीको घरमा लगाएको आगो प्रहरीलाई समेत निभाउन दिएनन्, स्थिति तनावग्रस्त (फोटो/भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .