कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार बिहान पोखरा महानगरपालिका १० का ७६ वर्षीय पुरुषको संक्रमणका कारण निधन भएको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्र उपचाररत ती पुरुषको बुधबार बिहान ४.४० मा निधन भएको निर्देशनलयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४२ पुगेको छ।
त्यस्तै बुधबार दिउँसो साढे १ बजेसम्म गण्डकीमा थप १०९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११ हजार ४२३ पुगेको छ।
प्रतिक्रिया