ad ad

समाज


कोरोना नियन्त्रणका लागि अमेरिकाको लस एन्जलसमा फेरि प्रतिबन्धात्मक व्यवस्थाको घोषणा

कोरोना नियन्त्रणका लागि अमेरिकाको लस एन्जलसमा फेरि प्रतिबन्धात्मक व्यवस्थाको घोषणा

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ८:२४,

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो।

देशकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको ठाउँको रुपमा चिनिएको लस एन्जेलसमा आम मानिसलाई भिडभाड गर्न रोक लगाइएको छ। भिडभाड हुने व्यापार व्यवसाय पूर्ण रुपमा प्रतिवन्ध लगाइएको छ भने अन्य व्यापार व्यवसायका लागि उच्च सतर्कता अपनाउनु पर्ने व्यवस्था गरिएको छ।

तीन हप्ताका लागि घरमै सुरक्षित भन्ने नाराका साथ आह्वान गरिएको निर्देशन आगामी सोमबारदेखि लागु हुनेछ। झण्डै एक करोड जनसंख्या रहेको यस क्षेत्रमा थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने नयाँ चार हजार ५४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्थानीय प्रशासनले जारी गरेको निर्देशनमा सम्भव भएसम्म घरमै बस्न र घरभन्दा बाहिर निस्कनै परेमा मुख ढाक्ने चिज लगाउन आग्रह गरिएको छ। सार्वजनिक वा व्यक्तिगत रुपमा पनि कुनै घरपरिवारले भिडभाड तथा जमघट गराउन नपाइने कुरा पनि निर्देशनमा उल्लेख गरिएको छ।

चर्चमा काम गर्ने र विरोध प्रदर्शनमा उत्रिनेहरुलाई भने यो निर्देशन अनिवार्य नगरिएको अधिकारीहरुले जनाएका छन्। संविधानमा उल्लेखित अधिकारको रक्षाका लागि यस्तो व्यवस्था गरिएको उनीहरुको भनाई छ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .