ad ad

समाज


तीन बुँदे सहमतिपछि जानकी मेडिकलका दुई कर्मचारीले तोडे अनशन

तीन बुँदे सहमतिपछि जानकी मेडिकलका दुई कर्मचारीले तोडे अनशन

शैलेन्द्र महतो
मंसिर १३, २०७७ शनिबार ८:३५,

धनुषाको रमदैयास्थित जानकी मेडिकलका दुई कर्मचारीले २८ औं दिनमा आमरण अनशन तोडेका छन्।

कलेज प्रशासन र कर्मचारीबीच तीनबुँदे सहमतिपश्चात कर्मचारी जानकी शरण यादव र कुल्दिप साहले शनिबार अनशन तोडेका हुन्। दुबै जनालाई जुस खुवाएर अनशन तोडाइएको कर्मचारी हकहित संघर्ष सममितिका संयोजक उमेश यादवले जानकारी दिए।

भदौ ३१ गते जिल्ला प्रहरी कार्यायमा भएको दुईबुँदे सम्झौताको मितिदेखि आन्दोलन अवधिभर कलेज प्रशासनले कर्मचारीमाथि गरिएका निलम्बन लगमयत सम्पूर्ण कारबाही फिर्ता लिने र कर्मचारीले जारी राखेका सम्पूर्ण आन्दोलनको कार्यक्रम शनिबारदेखि नै फिर्ता लिने सहमति भएको हो।

यस्तै जानकी मेडिकल कलेज र कर्मचारीबीचको समस्या समाधान गर्न दुबै पक्षबाट २–२ जना अधिकारी र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको अधिकारिक ट्रेड युनियनका अध्यक्षहरु सम्मलित कार्यदल मंसिर १७ गते भित्र गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने दुबै पक्षबीच सहमति भएको हो।

कर्मचारीद्वय यादव र साह विभिन्न मागसहित गएको कार्तिक १६ गतेदेखि कलेज परिसरमै आमरण अनशन बसेका थिए। १२ औं दिनमा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिएपछि प्रादेशिक अस्पताल जनकपुरको आईसीयू कक्षमा भर्ना गरिएको थियो। यद्यपि उनीहरु माग पुरा नहुञ्जेलसम्म अनशन जारी राख्ने अगाडनमा थिए।

केही कर्मचारीमाथि पूर्वाग्रही तरिकाले कलेज प्रशासनले गरेको कारबाही फिर्ता हुनुपर्ने, ६ वर्षदेखिको संचय कोष र दशैंभत्ता लगायतको हरहिसाब हुनुपर्ने लगायतको मागसहित दुबैजना अनशन बसेका थिए। असोजदेखि नै कर्मचारीहरु विभिन्न मागसहित जानकी मेडिकल शिक्षण अस्पतालको अकास्मिक सेवा बाहेक सबै सेवा ठप्प गरी धर्ना लगायतको आन्दोलनको कार्यक्रम गर्दै आएका थिए।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .