ad ad

समाज


बेपत्ता किशोरको शव उद्योगको कम्पाउण्डमा भेटियो, तीन जना पक्राउ

बेपत्ता किशोरको शव उद्योगको कम्पाउण्डमा भेटियो, तीन जना पक्राउ

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ७:१०,

सुनसरीमा ४ दिनदेखि बेपत्ता रहेका एक किशोरको शव फेला परेको छ। मंसिर १० गतेदेखि हराइरहेका किशोरको शव आइतबार साँझ फेला परेको सुनसरी प्रहरीले जनाएको छ।

उनको हत्या गरेर शव फालेको आरोपमा सुनसरी दुहवी नगरपालिका–२ का सुमन झासहित तीन जना पक्राउ परेका छन्।

उनीहरुले हत्या गरेको स्वीकार गरेको र उनीहरुले नै किशोरको शव देखाएको प्रहरी उपरीक्षक कमल थापाले बताए।

दुहबी नगरपालिका २ बीरगाँउका १७ वर्षीय सुजन नारायण चौधरी हराएको भन्दै ११ गते प्रहरीलाई निवदेन दिएका थिए।

प्रहरीले हराएका किशोरको हुलिया परिपत्र गरी खोजतलास तिब्र बनाएको थियो ।

शव दुहवी नगरपालिका–२ मा रहेको अरुण वनस्पति उद्योगको कम्पाउण्डमा फेला परेको छ।

deadbody Sunsari 2

सुमनले खालि जग्गामा सिलामको घारीभित्र फालिएको अवस्थामा शव देखाएका थिए। शव पोष्टमार्टमको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ।

नियन्त्रणमा लिइएका तीन जनाविरुद्ध मृतकका फूपाजु कृष्णकुमार चौधरीले किटानी जाहेरी पेस गरेका छन्। त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .