ad ad

समाज


ललितपुरबाट त्रिकोण आकारको पुरानो नेपाली मुद्रा र रक्तचन्दनसहित ६ जना पक्राउ

ललितपुरबाट त्रिकोण आकारको पुरानो नेपाली मुद्रा र रक्तचन्दनसहित ६ जना पक्राउ

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १५:२०,

ललितपुर प्रहरीले पुरानो नेपाली मुद्रा तथा रक्तचन्दनको कारोबार गर्ने ६ जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका १७ बाफलको वडा एरियामा वन पैदावार तथा पुरातात्विक सामग्रीहरु समेतको अवैध रुपमा किनवेच तथा ओसारपसार भइरहेको सुचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

तीन किलो बराबरका दुई टुक्रा रक्तचन्दनसहित ४ जना र दुईजनालाई पुरानो मुद्राको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

रक्तचन्दनको कारोबार गरेको आरोपमा सिन्धुली हरिहर गडी गाउँपालिका ८ ढाँडखोलाका २८ वर्षीय राज कुमार भन्ने हरीबहादुर मोक्तान, नुवाकोट लिखु गाउँपालिका २ थाङचिङका ३१ वर्षीय प्रेमकुमार डंगोल, सिन्धुली पिपलमाडे गाउँपालिका ३ खुर्सानीबारीका ५० वर्षीय टिकाराम तामाङ र झापा मेचीनगर नगरपालिका ५ धुलाबारीका २४ वर्षीय सोबित आचार्य रहेका छन्।

उनीहरुलाई वन ऐन अन्तर्गत कारवाहीको लागी डिभिजन वन कार्यालय गोदावरी पठाइएको प्रहरीले जनाएको छ।

पुरातात्विक र प्राचिन जस्तो देखिने १३१८ मोरू १ लेखिएको त्रीकोण आकारको पुरानो नेपाली मुद्रा एक थानसहित दुई जना पक्राउ परेका छन्।

धादिङ निलकण्ठ नगरपालिका १० का २१ वर्षीय शंकर ढाउन्याँ र धादिङकै गजुरीका २७ वर्षीय सुमन बस्नेत पक्राउ परेका हुन्।

उनीहरूलाई प्राचिन स्मारक ऐन बमोजिम महानगरीय प्रहरी परिसर ललितपुरबाट थप अनुसन्धान भइरहेको एसपी महर्जनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .