ad ad

समाज


शिक्षकको दर्दनाक हत्याको जिम्मा विप्लव समूहले लियो

शिक्षकको दर्दनाक हत्याको जिम्मा विप्लव समूहले लियो

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १४:५३,

मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेका राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा विप्लव समूहले लिएको छ।

प्रतिवन्धित नेकपा माओवादी विप्लव समूहका मेची कोसी व्युरो इन्चार्ज प्रताप भन्ने थमनसिंह राईले मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षकको हत्या गरेको पुष्टि गरेका हुन्।

उनले शिक्षक श्रेष्ठले विप्लव समूहको सुराकी गरेको र पटक पटक मौका दिँदा पनि नसुध्रिएकाले कारबाही गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए। उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसन सञ्चालन गराएका थिए। २०७७ कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य काशिराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपुर्ण सामग्रीसहित एक लाख रुपैयाँ लुट्न सघाउ पुर्‍याएका थिए’, विज्ञप्तिमा आरोप लगाइएको छ।

उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियारलिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन गएको दावी विज्ञप्तिमा छ।

स्थानीयका अनुसार सरस्वती आधारभूत विद्यालयका शिक्षक समेत रहेका श्रेष्ठको घरमा बिहानै ५ जनाको समूहमा पुगेका विप्लवका कार्यकर्ताले श्रेष्ठलाई हात बाँधेर घरबाट लगेका थिए।

घरबाट पश्चिमतर्फ रहेको जंगलमा लगेर अगाडिबाट घाँटी रेटेर हत्या गरेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

शिक्षक श्रेष्ठलाई लगेको केही समयपछि खोज्दै गएका ७ जना स्थानीयले श्रेष्ठको शव लुगाले ढाकिएको अवस्थामा फेला पारेका थिए। स्थानीयले सुरुमा गोली हानी हत्या गरेको भनेपनि उनको घाँटी रेटेर हत्या गरेको पुष्टि भएको हो।

शिक्षक श्रेष्ठकी श्रीमती घरभन्दा केही पर रहेको बाख्राको फार्ममा गएकी थिइन्। उनका छोरा छोरी छुट्टै बस्छन्।

श्रेष्ठको शव पोष्टमार्टमका लागि वीपी कोइराला मेमोरियल अस्पताल धरान पठाउने तयारी भइरहेको छ।

 यो पनि : शिक्षक हत्या : पछाडि हात बाँधेर लगेका नकावधारीले मारेर जंगलमा छाडे

प्रधानाध्यापकको घाँटी रेटी हत्या, ९ घण्टापछि बल्ल घटनास्थल पुग्यो प्रहरी

ncp-biplov.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .