ad ad

समाज


आजदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर दुवै नम्बरका गाडी चलाउन पाइने

आजदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर दुवै नम्बरका गाडी चलाउन पाइने

नेपालखबर
पुस २, २०७७ बिहिबार २३:२०,

यसअघि काठमाडौं उपत्यकामा सवारीसाधनमा नम्बरका आधामार लागू गरिएको जोर-बिजोर नियम आज (शुक्रबार) देखि हटाइएको छ। अर्थात् अबदेखि सबै नम्बरका गाडी चलाउन पाइने भएको हाे।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले यसबारे बिहीबारै सूचना निकालेर जानकारी दिइसकेको छ।

जोर बिजोर नियम लागू गर्दा यात्रुवाहक गाडी कम भई यात्रुको भीड बढ्ने र कोरोना संक्रमणको जोखिम झन् बढ्ने देखिएको भन्दै तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले बिहीबार संयुक्त बैठक बसेर आजदेखि सबै सवारीसाधन सञ्चालन खुला गर्ने निर्णय गरेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारदेखि जोर-बिजाेर प्रणाली उल्लंघन गरेर सवारीसाधन चलाउने घोषणा यसअघि नै गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .